जापानमा बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपाली विद्यार्थीको मृत्यु

लोकपथ
133
Shares

जापान । जापानको सेन्दाई शहरबाट ईवाते जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ । मृतकको नाम खुलाइएको छैन ।

मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा बसलाई ट्रकले ठक्कर दिएको थियो ।

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार तोहोकु एक्सप्रेसवेमा रोकिएको बससँग ठूलो ट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक पनि गम्भीर घाइते भएका छन् ।

सेन्दाईबाट ईवातेका लागि हिँडेको बस बिग्रिएपछि रोकेर राखिएको थियो । बसमा नेपालीसहित ४१ जना सवार रहेको कुरिहारा नगरपालिकाले जनाएको छ। गुडिरहेको बसमा केहि खराबी देखिएपछि आवश्यक चेकचाँजको लागि सो बस रोकिएको थियो । रोकिएको बसबाट सवार सबै यात्रुलाई ओराली बसको चालकले बस बनाउने क्रममा उनलाई दुई नेपाली बिद्यार्थीहरुले सहयोग गरेको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा दुई नेपाली विद्यार्थी र बस चालक जापानिज नागरिकको घटनास्थालमा नै मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?