आन्तरिक कलहकाबीच ‘बलिदानी दिवस’ मनाउँदै राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आज ‘बलिदानी दिवस’ मनाउँदैछ । 

मधेश आन्दोलनका शहिदहरुको पुण्य स्मृतिमा राजपा नेपालले आज दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बलिदानी दिवस मनाउन लागेको महासचिव केशव झाले जानकारी दिए । 

उनका अनुसार प्रदेश नम्बर २ मा पनि जिल्लास्तरमा बलिदानी दिवस मनाउन लागेको छ । सिरहाको लहानमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउन लागिएको हो । 

राजपाभित्र आन्तरिक कलह भने बढ्दो छ । राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक भएदेखि एक पटक पनि अध्यक्षमण्डलको पूर्ण बैठक बस्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?