लाखौंको व्यापार छोडेर पशुपन्छी र मान्छेको सेवामा होमिएका दुर्गानाथ : यसरी शुरु भयो ‘नवजीवन परोपकार समाज’

दुर्गानाथ दाहाल व्यक्तिरुपी एक संस्था हुन् ।

जहाँ, जहिले र जस्तोसुकै अवस्थामा भेटिएका घाइते प्राणीको उद्धार गर्छन् । उनीसँग सधैं एउटा झोला हुन्छ जसमा पशुपन्छी र मान्छे दुवैका लागि औषधीहरु छन् । हिँड्दाहिँड्दै बाटामा कुनै घाइते प्राणी देखे भने तत्कालै सामान्य उपचार गरिदिन्छन्, स्थिति नाजुक भएमा डाक्टरसम्म पु-याइदिन्छन् ।

उपचार भइसकेपछि पनि विभिन्न संघसंस्थासँग समन्वय गरेर उनीहरुलाई उचित वासस्थानको व्यवस्था मिलाइदिन्छन् । त्यसैले आफ्नो एउटा झोला र बाइकमा नै उनले सिंगो संस्था अटाएका छन् भन्दा खासै फरक नपर्ला । 

यसरी कैंयौं प्राणीहरुलाई नयाँ जीवन दिइसकेकाले नै उनको संस्थाको नाम ‘नवजीवन परोपकार संस्था’ रहन गएको हो । संस्थामा ९० जना आजीवन सदस्य छन् । संस्थाको आफ्नै भवन छैन, बन्ने क्रममा छ । त्यसैले आफूले उद्धार गरेका मानसिक रोगी, असहाय घाइतेहरुलाई उनले मानव कल्याण समाजसँग समन्वय गरेर भक्तपुर खरिपाटीमा राखेका छन् । 

उनी भ्याएसम्म हरेक दिन त्यहाँ जान्छन् । उद्धार गरिएका व्यक्तिहरुको गुनासो सुन्छन्, गफिन्छन्, उनीहरुको खुसीमै रमाउँछन् । 

मानव मात्र नभएर पशुपन्छी, जनावर लगायत समष्ट प्राणीप्रति उनलाई सानैदेखि विशेष लगाव थियो । यद्यपी, आफ्नो सम्पूर्ण जीवन सेवालाई नै सुम्पिन्छु भन्ने उनको योजना थिएन ।

२०७२ सालको भूकम्पपछि उनी अझै सक्रिय रुपमा सेवातर्फ लागेका हुन् । सेवामै लाग्नलाई उनले आफ्नो कपडाको व्यापारसमेत छोडिदिए । भन्छन्, ‘पैसा ठूलो कुरा होइन भन्ने बुझिसकेँ, जे गर्दा खुसी हुन सकिन्छ त्यही गर्ने हो’।

पुनर्निर्माणका क्रममा रानीपोखरीको पुनर्निर्माणका क्रममा विस्थापित ३५ हजार माछालाई कमलपोखरीमा पुनस्थापित गर्नेदेखि घरबेटीले पशुपतिमा लगेर अलपत्र अवस्थामा छोडिदिएका बिरामी वृद्धालाई उद्धार गरिसकेका दुर्गानाथ लिएर भन्दा पनि दिएर खुसी हुने कुरामा विश्वास राख्छन् ।

समाजसेवा मार्फत् उनले सञ्चित गरेको खुसी हेर्न भिडियोको लिंकमा क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?