ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । 

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर-१२ बाँके जंगलमा रोकीराखेको बसलाई आज बिहान ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी बसमा सवार २ र ट्रकमा सवार १ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि इलाम सुल्बुङ -७ का २७ वर्षीय गोविन्द साउदेन, इटहरी उपमहानगरपालिका -१६का ३० वर्षीया विनेता राई र ट्रकमा सवार पर्सा वीरगंज महा नगरपालिका १९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाको मृत्यु भएको छ । 

झापाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख ९७५४ नम्बरको बस बिग्रेर रोकिराखेको थियो । सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । 

घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?