चीनले चन्द्रमामा उमारेको बिरूवा मर्यो, झिँगाको अण्डा के भयो ?

चीनले चन्द्रमामा उमारेको बिरूवा मरेको छ। 

अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन गत जनवरी ३ मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ ४ ले रोपेको विरुवा मरेको हो ।  सो यानले रोपको कपासको बिउ टुसाएको तस्वीर सार्वजनिक भएको थियो । यद्यपी बिहीबार नै उक्त विरुवा मरेको हो । 

गत मंगलबार नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिरूवा टुसाएको चीनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको थियो । 

चन्द्रमाको सतहमा परेको सूर्यको प्रकाशका भरमा बाँचिरहेको विरुवा रात परेसँगै माइनस १७० डिग्री सेल्सियसभन्दा कममा झरेसँगै मरेको हो ।

चिनियाँ अन्तरिक्ष यान चांगअ ४ ले कपास र आलुको बीउसहित माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लिएर गएको थियो।

 चन्द्रमाको सतहमा परेको सूर्यको प्रकाशका भरमा बाँचिरहेको विरुवा रात परेसँगै माइनस १७० डिग्री सेल्सियसभन्दा कममा झरेसँगै मरेको हो ।

 कपासको बिउसँगै पठाइएका झिँगाको अण्डाबारे भने समाचार आएको छैन । 
 

तस्वीर गुगल  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?