सरकारलाई  देउवाको चेतावनी, कर्मचारीमाथि अनावश्यक हस्तक्षेप सहदैनौ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्यमान्यता विरुद्धका कुनैपनि गतिविधि आफूहरुलाई मान्य नहुने बताएका छन् । 

शनिवार नेपाल निजामति कर्मचारी यूनियन (संघ) गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् । 

उनले लोकतन्त्रमा कर्मचारी, न्यायापालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरुमाथि हस्तक्षेप गर्न नहुने बताए । पछिल्लो समय सरकारले कर्मचारीमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै यसविरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न सरकारलाई उनले चेतावनी दिए ।    

सडकमा गएर मुलुकलाई ठप्प पार्ने कांग्रेसले नचाहेको भन्दै उनले कर्मचारीमाथिको थिचोमिचो भने नसहने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?