काठमाडौं । पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)को समूह चरणबाट बाहिरिएको छ । पन्जाब किंग्स दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको हो ।
दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनायो । पन्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय ईनिङ खेले । प्रभसिमरन सिंह र ताईडेले ३३ बलमा ५० रनको साझेदारी गरेका थिए ।
दिल्लीका लागि एनरिच नोर्किया र इशान्त शर्माले समान २-२ तथा खलिल अहमद र अक्षर पटेलले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।
जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेको छ । हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पन्जाब १३ खेलमा १२ अंकका साथ आठौ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया