दुई महिलालाई खुकुरी प्रहार गरी पुरुषले गरे आत्महत्या

काठमाडौं । भद्रपुरमा दुई छिमेकी महिलालाई खुकुरी प्रहार गरी एक पुरुषले पनि आत्महत्या गरेका छन् । 

भद्रपुर अर्जुनधारा नगरपालिका १० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका हुन् । 

पोखरेललाई शनिवार बिहान खोल्सामा घाँटी सेरिएर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

खुकुरी प्रहारबाट भारती र ओझा घाइते भएका छन् । उनीहरुको विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते भएकी ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबई रहेका छन् । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?