नागरिक लगानी कोषको कार्यालयमा आगलागी

काठमाडौं । नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ । 

शनिवार दिउँसो मुख्य व्यवस्थापक सिशिलकुमार अर्यालको कार्यकक्षमा आगलागी भएको हो । 

आगलागीबाट महत्वपूर्ण कागजात, कम्प्युटर, फर्निचरलगायतका सामग्रीहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् भने करिब ५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

आगो नियन्त्रणका लागि दुईवटा दमकलको प्रयोग गरिएको थियो ।

कम्प्युटर सर्ट भएर आगो सल्किएको बताइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार बिहानै देखि कार्यालयमा विद्युत् आउँदैरजाँदै गरेकाले कम्प्युटर सर्ट भएर आगलागी भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?