काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश

काठमाडौँ-नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे ।

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति रहेका िथए ।
 त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?