मेक्सिकोमा इन्धनको पाइपलाइनमा विस्फोट [अपडेट]: मृत्यु हुनेको संख्या ७३ पुग्यो

एजेन्सी । मेक्सिकोमा इन्धनको पाइपलाइनमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

शनिवार इन्धनको पाइपलाइन भएको थियो । उक्त बिस्फोटमा ७४ जना घाइते भएका छन् । घमइते भएका मध्य केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास गरिंदा विस्फोट भएको बताइएको छ ।  मेक्सिकोका राष्ट्रपति आन्द्रियाज म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति ओब्राडोरले तेल चोरी नियन्त्रण गर्न कडा कदम चालेपछि तस्करी केही नियन्त्रणमा आएको छ । यसैको प्रभावस्वरुप केही राज्यका पेट्रोल पम्पहरुमा तेल अभाव देखिएको छ ।

तस्करहरुको समूहले राज्य नियन्त्रित पेट्रोलियम पाईपलाईन ड्रिल गरेर चोरी गर्न खोज्दा पछिल्लो दुर्घटना भएको हो । मेक्सिकोमा गत वर्ष पाइपलाइनबाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?