काठमाडौं । अफ्रिकन युनियनले राष्ट्रपतीय निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न अदालतमा गरेको अपिल खारेज भएको छ ।
नेता फेलिक्स सिसेकेडीको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउने विपक्षी अफ्रिकन युनियनलको प्रयास विफल भएको हो ।
निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्न पर्याप्त कारण नरहेको अदालतको आदेशमा उल्लेख छ ।
नेता फेलिक्सले जित हात पारेको दाबी गरेपनि हालको प्रशासन विरोधी मार्टीन फायुलुले आफुले जितेको दाबी गरेका छन् ।
हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासि फेलिक्सबीच शक्ति बाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशका अफ्रिकन युनियनको छ ।
अफ्रिकन युनियनले राष्ट्रपतीय निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया