प्रचण्डप्रति पोखरेलको कटाक्ष : ‘खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?’

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकुको नाममा अनियमितता भएको बताएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि लडाकु व्यवस्थापनको नाममा ७–८ हजारका हाराहारीमा रहेकामध्ये ३२–३३ हजार पुर्याएको बताए । वर्तमान प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो कुरा उल्लेख गरे पनि अहिले आएर त्यसमा अनियमिता नभएको भनाइ तथ्यसंगत नरहेको भन्दै टिप्पणी गरे ।

बिहीबार प्रधामन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको र यदी पुष्टि भएमा आफू जेल जान तयार रहेको बताएका थिए ।

सोही प्रशंगमा सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लडाकुको नाममा राज्यले उपलब्ध गराएको रकम तिनका मालिकहरुले खुलेआम झ्वाम पारेको कटाक्ष गरे ।

‘यी सबै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजि गर्दा लुक्न सक्ने कुरा होइन । तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन ।’ उनले भने, ‘हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?