प्रदेश कमिटी हेरफेरको प्रस्तावमा अल्झियो कार्यदल, एकतालाई पूर्णता दिन अझै समय लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकताले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन गठित ९ सदस्यीय कार्यदल नै अलमलमा परेपछि एकतालाई पूर्णता दिन समय लाग्ने देखिएको हो ।

पुस १२ गते सम्पन्न स्थायी कमिटी बैठकले एकता टुंग्याउन कार्यदल गठन गरेको थियो । कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो ।

तर, पुस मसान्तभित्रै पार्टी एकताको काम कार्यदलले टुंगो लगाउन सकेन । ६ पटक भन्दाबढी समय कार्यदलको बैठक बसे पनि एकताको विषयमा कुनै टुंगो लाग्न नसकेको हो । 

कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज शंकर पोखरेल प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको हो ।

कार्यदलमा प्रदेश कमिटी हेरफेर विषयले प्रवेश पाएपछि सदस्यहरुबीच विवाद देखिएको छ । कमिटी हेरफेरको विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन । 

कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज शंकर पोखरेल प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको हो ।

प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदल अन्य तहको कमिटी निर्माणबारे पनि टुंगोमा पुग्न सकेको छैन । कार्यदलले पाएको जिम्मेवारी पूरा गर्न अझै समय लाग्ने देखिएको कार्यदलका एक सदस्यले बताए । 

उनका अनुसार एकता सम्बन्धी प्रतिवेदन तयार माघ दोस्रो सातापनि सम्पन्न नहुनसक्छ, तेस्रो साता लाग्न सक्छ ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् । 

नेकपाभित्र बरिष्ठता र कनिष्ठता कसरी छुट्ट्याउने भन्ने अप्ठेरो छ भने नेतृत्वका लागि पूर्व एमाले र पूर्व माओेवादी केन्द्रबीच भागबण्डा गर्नुपर्ने भएकाले यो विषयको छिनोफानो गर्न कार्यदललाई हम्मे परेको छ ।

स्थायी कमिटी बैठकले कार्यदललाई केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारी दिएको छ । 

पार्टी अध्यक्षद्वय ओली र दाहालले कार्यदलका सबै सदस्यलाई बोलाएर प्रदेश कमिटी हेरफेरदेखि बाँकी काम टुंगो लगाउने अधिकार रहेको बताउँदै टुंग्याउन निर्देशन दिइसकेका छन् ।

एकताले पूर्णता नपाउँदा स्थानीय तहसहित विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा हजाराैं नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । यसकारण, पार्टीको कामसमेत स्थानीय स्तरमा हुन सकेको छैन ।

कार्यदलमा प्रदेश कमिटी हेरफेरको विषयमा विवाद मात्र छैन, तल्लो तहसम्म भागबण्डा मिलाउनु पर्ने भएकाले जटिलता धेरै छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाभित्र बरिष्ठता र कनिष्ठता कसरी छुट्ट्याउने भन्ने अप्ठेरो छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई ‘नेकपा’ भएको ३ माघमा आठ महिना पुगेको छ । तर एकताले भने अझै पूर्णता पाउन सकेको छैन । 

यसैगरी नेतृत्वका लागि पूर्व एमाले र पूर्व माओेवादी केन्द्रबीच भागबण्डा गर्नुपर्ने भएकाले यो विषयको छिनोफानो गर्न कार्यदललाई हम्मे परेको छ । कार्यदलका सदस्य लेखराज भट्टले ढिलोमा माघको दोस्रो साताभित्रमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने बताए ।

‘पार्टी एकता कार्य टुंगो लगाउन केहि ढिलाइ भएको छ,’ उनले भने, ‘प्राविधिक कुरामा सहमति खोजेर एकताको बाँकी काम छिट्टै टुंगोमा पुर्याउने छौं ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई ‘नेकपा’ भएको ३ माघमा आठ महिना पुगेको छ । तर एकताले भने अझै पूर्णता पाउन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?