इंग्लिस प्रिमियर लिग : उपाधि होडमा रहेको लिभरपुलको कठिन जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको लिभरपुलले कठिन जीत निकालेको छ । 

एनफिल्डमा शनिवार राति सम्पन्न भएको २३ औँ चरणको खेलमा लिभरपुलले लिगको १४ औँ स्थानमा रहेको क्रिस्टल प्यालेसलाई ४-३ गोल अन्तरले पराजित ग-यो । लिभरपुलको जीतमा मोहम्मद सलाहले दुई गोल गरे ।

उनले खेलको ४६ औँ र ७५ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ५३ औँ मिनेटमा रोबेर्टो फिर्मिनो तथा खेल सकिनै लाग्दा साडियो मानेले समान एक-एक गोल गरे । ८९ औँ मिनेटका खेलका दौरान जेम्स मिल्नर रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । 

यता क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्स मेयरले समान एक-एक गोल गरेका थिए । जितपछि लिभरपुलले जारी लिगमा ७ अंकको अग्रता बनाएको छ । लिभरपुलले २३ खेलबाट ६० अंक बनाएको छ । 

त्यस्तै शनिवार राति इमिरेट्स स्टेडियममा भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको चेल्सी आर्सनलसँग २-० गोल अन्तरले पराजित भएको छ । खेल शुरु भएको १४ मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि एलेक्जान्द्रर लाकाजेट्टीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

३९ औँ मिनेटमा लाउेरन्ट कोस्सिल्नीले अर्को गोल गर्दै दोब्बर अग्रता दिलाए । निर्धारित समयसम्म चेल्सीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जिपपछि आर्सनल ४४ अंकका साथ लिगको पाँचौ स्थानमा छ । 

शनिवार राति नै भएको अन्य खेलहरुमा उल्भ्सले लिचेस्टर सिटीलाई ४-३ गोल अन्तरले, बोर्नमाउथले वेस्टह्यामलाई २-० गोल अन्तरले तथा न्युक्यासलले कार्डिफ सिटीलाई ३-० गोल अन्तरले पराजित ग-यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?