राजपा अध्यक्ष मण्डलको संयोजकमा महेन्द्रराय यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवले सम्हाल्दै छन् । 

महाधिवेशन अघि चक्रिय प्रणालीबाट नेतृत्व सम्हाल्ने सहमति अनुरुप संयोजकको जिम्मेवारी आज (आइतवार)बाट यादवले सम्हाल्ने भएका हुन् । 

राजपाको नेतृत्व सम्हाल्ने यादव तेस्रो व्यक्ति हो ।

२०७४ वैशाख ७ गते गठन भएपछि महन्थ ठाकुरले नेतृत्व सम्हालेका थिए । त्यसपछि मंसिर पहिलो साता राजेन्द्र महतो संयोजक भएका थिए ।

यसैगरी राजपाले माघ ५ गते बलिदानी दिवसको अवसर पारेर हिजो (शनिवार) शहीद परिवारलाई सहयोग गर्न र शहीदको सम्मानस्वरुप ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । 

त्यस्तै राजपाले यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक बस्ने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?