एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।
शनिवार राति भएको २३ औँ चरणको खेलमा म्यान्चेस्टर युनाइटेडले लिगको १३ औँ स्थानमा रहेको ब्राइटटनलाई २-१ गोल अन्तरले पराजित ग-यो । खेलको २७ औँ मिनेटमा युनाइटेडले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सदुपयोग गर्दै पाउल पोग्बाले गोल पोष्टको जाली चुमाए ।
४२ औँ मिनेटमा मार्कुस रासफोडले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछाडि परेको ब्राइटनले दोस्रो हाफमा भने थप एक गोल ग-यो । खेलको ७२ औँ मिनेटमा ब्राइटनका लागि ग्रोबले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए ।
त्यसपछि खेलमा थप गोल भएन र खेल म्यान्चेस्टर युनाइटेडले २-१ गोल अन्तरले जित्यो । जितपछि युनाइटेडले ४४ अंकका साथ लिगको छैटो स्थानमा छ । समान ४४ अंक नै बनाएको आर्सनल भने गोल अन्तरको आधारमा अगाडि रहँदै लिगको पाँचौ स्थानमा छ ।
त्यस्तै शनिवार राति नै भएको वाडफोर्ड र बर्नलेबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया