प्रदेश ५ गाडी खरिद प्रकरण : विपक्षी दलका दुई नेताले प्रदेशसभा सचिवालयमा बुझाए गाडी

काठमाडौं । प्रदेश ५ का विपक्षी दलका दुई नेताले आफू चढ्दै आएका गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेका छन् । 

प्रदेशसभा र सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको सूचनाका आधारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेश शर्मा पोखरेल र सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले आफू चढ्दै आएका गाडीहरू प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । उनीहरुले गाडी

बुझाउँदै विवादित र आर्थिक अनियमितता गरेर खरिद गरेका गाडीहरू आफूहरू नचढ्ने भन्दै प्रदेशसभा सचिवालयमा बुझाएका हौँ । 

पोखरेलले आफू चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडीको चाबी र बिलबुक तथा लु १ झ ४४७ नम्बरको गाडी प्रदेशसभालाई बुझाएका छन् । 

यसैबीच आज गाडी खरीद प्रक्रियाबारे छानवीन गर्न बनेको लेखासमितिको उपसमितीले लेखा समितिमा गाडीबारेको अध्ययन रिपोर्ट बुझाउँदै छ । 

त्यसमा गाडी किन्ने प्रक्रियामा गम्भीर त्रुटी भेटिएको र बजार मूल्यभन्दा धेरै मूल्यमा किनेको तथ्य खुलेको एक सदस्यले जानाकारी दिए । 

प्रदेशसभा सचिवालयले उप–सभामुखसहित विषयगत समिति सभापतिका लागि १३ गाडी खरिद गरेको थियो ।गाडीहरू बजार मूल्यभन्दा

झण्डै ३ लाख ५० हजार रूपैयाँभन्दा बढीमा खरिद गरिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?