एजेन्सी । अस्ट्रेलियाका एस्ली बार्टी र चेक रिपब्लिककी पेट्रा किभिटोभा जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्न पार्क आइतवार भएको महिला एकलतर्फको प्रि क्वाटरफाइनल खेलमा घरेलु खेलाडी बार्टीले रसियाकी मारिया सारापोभालाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्न सफल भइन् ।
खेलको पहिलो सेट ४-६ ले गुमाएकी बार्टीले त्यसपछिको बाँकी दुई सेटमा भने जित निकाल्न सफल भइन् । उनले खेलको दोस्रो सेट ६-१ र ६-४ को सेटमा हराइन् । बार्टी ग्राण्ड स्लाम टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।
हारसँगै सारापोभा भने प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
त्यस्तै रोड लाभेर एरिनामा आइतवार नै भएको अर्को खेलमा चेक रिपब्लिककी किभिटोले अमेरिकी एमान्डा एनिसिमोभालाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिन् ।
अब सेमिफाइनल प्रवेशका लागि किभिटोभाले बार्टीको सामना गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया