ग्राण्डस्लाम च्याम्पियन कारबेरको खराब प्रर्दशन, डेब्यु प्रतियोगितामा कोलिन्स प्रि क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । ग्राण्डस्लाम विजेता जर्मनीकी एन्जलीक्यु कारबेर जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएकी छिन् । 

आइतवार भएको महिला एकलतर्फको चौथो चरणको खेलमा कारबेर विश्व नम्बर ३५ ड्यानियल कोलिन्ससँग २-० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । सन् २०१६ को अस्ट्रेलियन ओपन टेनिसकी विजेता कारबेर अमेरिकी कोलिन्ससँग खेलको पहिलो सेमाट ६-० र दोस्रो सेटमा ६-२ पराजित भएकी थिइन् । 

यी दुई खेलाडीबीचको खेल ५६ मिनेट चलेको थियो । जितपछि खुशी हुँदै कोलिन्सले भनिन्, ‘मलाई अझै सोचेभन्दा पनि राम्रो खेल्न सक्थे, म भित्र रहेको सबै डरलाई निकाल्दै अझ उत्कृष्ट खेल्न चाहान्छु ।’

२५ वर्षिय कोलिन्सले आफ्नो खेल जीवनको डेब्यु खेलमा नै उत्कृष्ट नतिजा निकालेको हो । अब उनले क्वाटरफाइनल प्रवेशको लागि आफ्नै देशकी स्लोन स्टेफेन्स र रसियाकी अनास्तासिया पाभ्लुचेन्कोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । 

कारबेरले सन् २०१६ मा युएस ओपन टेनिस र २०१८ मा विम्वल्डन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?