सदस्य सचिव विष्टले भने, ‘आठौँ राष्ट्रिय खेलकुद फागुन अन्तिम साताबाट शुरु गछौँ’

काठमाडौं । आगामी फागुन २५ गतेदेखि आठौँ राष्ट्रिय खेलकुद प्रतियागिता हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले प्रतियोगिता फागुनको अन्तिम साताबाट शुरु हुने बताएका हुन् ।  उनले आठौँ खेलकुद प्रति देखिएको अन्योल समाप्त भएको समेत जानकारी दिए । 

सदस्यसचिव विष्टका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र निर्देशनअनुसार आठौँ राष्ट्रिय खेलकुद आगामी फागुनको २५ गतेदेखि शुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव विष्टले युवा तथा खेलकुद मन्त्रालयमा प्रधानमन्त्री ओलासँग भेटवार्ता समेत गरेका थिए । 

उनले भने, ‘आठौँ खेलकुद प्रतियोगिताको मिति अब कुनै पनि हालतमा सर्दैन्, अन्तिम मिति भनेको नै फागुन २५ गते हो, प्रतियोगितालाई मध्यनजरमा राख्दै भौतिक पुर्वाधार समयमा नै निर्माण कार्य नसकिएकाले हामीले प्रतियोगिताको दुई पटक मिति सारिसकेका छौँ ।’

साथै उनले भौतिक पुर्वाधारको काम ९० प्रतिशत सकिएको पनि जानकारी दिए । ‘हामीसँग दुई महिनाको अझै समय छ, यो समयमा हामी नेपालगञ्ज रंगशाला र दाङ रंगशाला जुन सुकै हातलमा पनि तयार पारिसक्ने छौँ’, उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?