व्यक्तिको मञ्जुरीबिना जथाभावी इमेल पठाए एक लाख जरिवाना

काठमाडौं । कसैको मञ्जुरी बिना मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुुहुन्छ? यदि यसो गर्दै हुनुहुन्छ भने होसियार हुनुस् । सरकारले विज्ञापन नियमनसम्बन्धी ल्याउन लागेको नयाँ विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ । 

सरकारले उक्त विधेयक संसदमा दर्ता गराएको छ ।

यदि कसैको मञ्जुरी बिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गरे व्यवस्था अनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । 

‘सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ । 

त्यस्तै उपदाफा (२)मा कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित व्यक्तिको मञ्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नपर्ने उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?