ह्यात होटलमा सरकारी सम्पत्ति हिनामिना : संसदीय समिति र अख्तियारको छानबिन

काठमाडौं । राजधानीमा रहेको ह्यात होटलमा सरकारी सम्पत्ति हिनामिना भएको विषयलाई लिएर संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सँगैसँगै छानबिन शुरु गरेको छ । 

सार्वजनिक लेखा समितिले मात्रै छानविन गरेको उक्त प्रकरणमा अहिले अख्तियार अनुसन्धान आयोगले छानबिन शुरु गरेको हो । आयोगले छानविन गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेको  बताएको छ । 

लेखा समितिले विसं. २०५० सालदेखिनै छानबिन गर्दै आएको थियो । 

‘लामो समयदेखि छानविन गरी अहिलेको अवस्था आउनुमा विगतमा भएका नीतिगत त्रुटी, गलत नियत गरिएको सम्झौतामा देखिएका जिम्मेवार विरुद्ध मुद्दा दायर हुनेछ’ अख्तियार स्रोतले भन्यो ।

उक्त प्रकरणमा संसदका दुईवटा समितिले छानविन गरिरहेका छन् । 

नेकपाका सांसद अग्नी सापकोटाको नेतृत्वमा रहेको उक्त उपसमितिले होटलमा सरकारी लगानी घट्नुको कारण र त्यसको जिम्मेवारका बारेमा अध्ययन गरिरहेको छ ।

त्यस्तै संसदकै सार्वजनिक लेखा समितिले पनि यसबारेमा अध्ययन गरिरहेको छ । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् कागजपत्र माग गरेर अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?