मुआब्जा माग गर्दै नुवाकोट बन्द

नुवाकोट । मुआब्जाको माग गर्दै गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दाले आज नुवाकोट बन्द गरेका छन् । 

सडकखण्डको दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको माग गर्दै उनीहरुले आइतवार जिल्ला बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण नुवाकोट सदरमुकाम आउने र रसुवा जाने यातायातको साधन ठप्प भएको भने जनजिवन प्रभावित भएको छ ।

पिपल टार—ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिले आह्वान गरेको बन्दले ढुंगेबजार, विदुर, बट्टार, गंगटे बजार ठप्प भएको छ । 

मुआब्जा प्राप्ति नभएसम्म आन्दोलन जारी राख्ने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए । 

विदुर नगरपालिका १, २, ४ र ५ वडावासीले सरकारसँग मुआब्जा माग गर्दै आएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?