नयाँ दिल्ली। भारत सरकारले २ हजार रूपैयाँको नोट प्रचलनमा नल्याउने निर्णय गरेको छ ।
यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।
सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरि २ हजारको नोट खारेज गरेको हो ।
भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी आगामी सेप्टेम्बेर ३० सम्म २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया