काठमाडौं । यो साता सेयर बजार बिगतका साताहरुको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । साताको सुरुवाती दुई कारोबार दिन बजार परिसुचक ओरालो लागेको भएपनि बाँकी तीन कार्यदिन बजार परिसुचक संगै कारोबार रकम पनि बढेको छ । यसले सिंगो सेयर बजारमा माथि धकेलेको छ ।
जसले गर्दा यो साता बजार परिसुचक १८ सय ७७ दशमलव ३२ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५८ दशमलव १८ अंकमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा यो साता दुुई सय ६९ वटा कम्पनीहरुको एक लाख १९ हजार नौं सय ८९ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ४१ लाख ९३ हजार एक सय ८८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ५९ करोड ८० लाख ४० हजार आठ सय तीन रुपैयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । गत साता दुुई सय ७० वटा कम्पनीहरुको एक लाख एक हजार सात सय १९ पटकको कारोबारमा एक करोड १७ लाख ११ हजार आठ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल तीन अर्ब ३७ करोड ५० लाख ५४ हजार चार सय १३ रुपैंयाँको सेयर कारोबार हुन पुगेको थियो ।
नियमित कारोबारका लागि यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो, चौंथो र पाँचौं दिन भने बढेको थियो । जसमध्ये पहिलो दिन १६ दशमलव ९६ अंकले घटेर १८ सय २१ दशमलव ६४ अंकमा झरेको नेप्से दोस्रो दिन पुन तीन दशमलव ३४ अंकले घटेर १८ सय १८ दशमलव ३१ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन भने तीन दशमलव ३१ अंकले बढेर १८ सय २१ दशमलव ६२ अंकमा चढ्न सफल भएको नेप्से चौंथो दिन पुन २३ दशमलव ३९ अंकले बढेर १८ सय ४५ दशमलव शुन्य एक अंकमा कायम रहन सफल भएको थियो । पाँचौं दिन पनि नेप्से ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ दशमलव ३२ अंकमा चढ्न सफल भएको थियो ।
यसैगरी पहिलो दिन पहिलो दिन तीन दशमलव ५२ अंकले घटेर तीन सय ४९ दशमलव ५८ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन शुन्य दशमलव ५७ अंकले घटेर तीन सय ४९ दशमलव शुन्य एक अंकमा सिमित भएको थियो । तेस्रो दिन पुन शुन्य दशमलव शुन्य आठ अंकले घटेर तीन सय ४८ दशमलव ९३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स पाँच दशमलव २३ अंंकले बढेर तीन सय ५८ दशमलव १८ अंकमा चढ्न सफल भएको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २६३ २२७२९ २७८८८१५ ९००५६३८५६.२५
दोस्रो दिन २६६ २०१५८ २३४१२४० ७२४९६९९८०.४०
तेस्रो दिन २६९ १८८८९ २०६३७३७ ६४०११७२६०.५२
चौंथो दिन २६६ २५६३४ २५७७२१० ८५७६२४३१८.४६
पाँचौं दिन २६४ ३२५७९ ४४२२१८६ १४७४७६५३८८.२१
कुल ११९९८९ १४१९३१८८ ४५९८०४०८०३.८४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया