नियमित संसद आउन थालिन् मञ्जु खाँण

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण आज पनि संसदमा उपस्थित भएकी छिन् । यसअघि शुक्रबारको बैठकमा समेत उनी उपस्थित रहेकी थिइन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका पति समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

उनी पनि सो प्रकरणमा मुछिएको भन्दै चौतर्फी आलोचना भएपछि उनी केही समयदेखि गायब रहेकी थिइन् ।

कतिपयले उनी विदेश गइसकेको समेत भनिएकोमा उनी एकाएक शुक्रबारको बैठकमा उपस्थित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?