पुुनः ३४ अर्ब २० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जेठ नौं गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोलको माध्ममद्धारा भाग लिन सक्ने छन्।

यसरी बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको चार अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने बिसं २०८० असार पाँच गते, बिसं २०८० भदौ पाँच गते, बिसं २०८० मंसिर पाँच गते र बिसं २०८१ जेठ आठ गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुने यि ट्रेजरीहरुमा ९१ दिने अवधिको दुई अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ रहेपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् । गत साता पनि राष्ट्र बैकले २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?