प्रचण्डपत्नी सीताको आइसियुमा उपचार हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की धर्मपत्नी सीता दाहाललाई आइतवार उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ । 

रुघाखोकी र ज्वरोको समस्या देखिएको पछि सीतालाई अस्पतालमा भर्न गरिएको थियो । उनको अहिले आइसीयूमा उपचार भएरहेको अस्पताल श्रोतले जनाएको छ । 

उपचारमा संलग्न डा.युवराज शर्माका अनुसार उनी केही दिन अगाडि देखि उनी बिरामी थिइन् ।शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर  फर्किए पनि राति पुनः ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।

डा.शर्माका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। इन्फेक्सन हुने डर भएकाले पनि आइसियुमा राखिएको हो।

सीता नशाको बिरामी हुन् त्यहिकारणले पनि उनी पहिला देखिनै कमजोर छिन् । शर्माका अनुसार एण्टिबायोटिक र अरु औषधि चलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?