आईपीएल रेस : मुम्बई, बैंग्लोर र राजस्थानमध्ये को पुग्ला प्लेअफमा ?

लोकपथ
189
Shares

काठमाडौं । आईपीएल २०२३ मा प्लेअफको रेस निकै रोमाञ्चक बनेको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई र लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई हराउँदै प्लेअफमा स्थान पक्का गरिसकेका छन् । अब प्लेअफमा एक स्थान मात्रै बाँकी रहेको छ र त्यो पनि आज हुने दुई खेलबाट टुंगो लाग्नेछ ।

आज आइतबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटन्सबीचको खेल हुँदैछ । अब प्लेअफमा पुग्न मुम्बई, बैंगलोर र राजस्थानबीच भिडन्त छ । यीमध्ये जुन टोली छनोट हुन्छ, उक्त टोली चौथो स्थानमा रहनेछ ।

चेन्नई र लखनउ बाहेक गुजरात टाइटन्स पनि प्लेअफमा पुगिसकेको छ । योसँगै कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादका टोली बाहिरिएका छन् । प्लेअफमा पुग्न मुम्बई, राजस्थान र बैंगलोरका लागि के आवश्यक छ त ?

 

मुम्बई इन्डियन्स : 

मुम्बई इन्डियन्सले हालसम्म १३ खेल खेलेको छ । खेलेको १३ खेलमा मुम्बईले सात खेलमा जित हात पारेको छ भने छ खेलमा हार व्यहोर्दै १४ अंक जोडेको छ।

IPL 2023 Playoff Qualification Scenarios MI, RCB, RR Know Who will Qualify for Playoffs Points Table Update

मुम्बईको नेट रन रेट ०.१२८ रहेको छ। मुम्बईले प्लेअफमा आफ्नो स्थान बनाउनका लागि हैदरावादविरुद्धको खेल जित्नैपर्ने हुन्छ । हैदरावादविरुद्धको खेल जिते पनि बैंगलोरले गुजरातसँगको खेलमा हार व्यहोरेमा मात्रै मुम्बईको प्लेअफका लागि बाटो खुल्नेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर : 

रोयल च्यालेन्जर्स बैंगलोरको लिग चरणको अन्तिम खेल हो । यो खेलमा मुम्बई मात्र होइन राजस्थान रोयल्सको पनि नजर रहनेछ । आरसीबीको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा बैंगलोर र गुजरातबीच खेल हुँदैछ । यदि बैंग्लोरको टोलीले यो खेल जित्न सफल भयो भने प्लेअफमा पुग्ने छ र मुम्बई–राजस्थान बाहिरिनेछ ।

IPL 2023 Playoff Qualification Scenarios MI, RCB, RR Know Who will Qualify for Playoffs Points Table Update

हारले भने टोलीका लागि समस्या निम्त्याउन सक्छ। बैंगलोरको हाल १३ खेलबाट ७ जित र ६ हारसहित १४ अंक रहेको छ। बैंगलोरको नेट रन रेट  ०.१८० छ। यदि बैंगलोरको टोली हार्यो र मुम्बईले जित निकाल्यो भने मुम्बई प्लेअफमा पुग्ने छ।

राजस्थान रोयल्स : 

राजस्थान रोयल्सले लिग चरणका सबै खेल खेलिसकेको छ । राजस्थानले १४ खेलमा सात जित र सात हारसहित १४ अंक जोडेको छ । राजस्थानको नेट रन रेट  ०.१४८ छ। राजस्थानलाई प्लेअफमा पुग्न पहिले मुम्बई र बैंगलोरले आ–आफ्ना खेल हारे भने मात्रै सम्भव रहेकोछ ।

IPL 2023 Playoff Qualification Scenarios MI, RCB, RR Know Who will Qualify for Playoffs Points Table Update

यससँगै बैंगलोरले पाँच रन वा सोभन्दा बढीको अन्तरले लक्ष्य पूरा गर्छ वा गुजरातले १९.३ ओभरअघि लक्ष्य पूरा गर्छ भन्ने पनि राजस्थानको प्लेअफमा पुग्ने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?