इजरेल सशस्त्र फौजद्वारा सिरियास्थित इरानी समूहलाई लक्षित हवाई आक्रमण

एजेन्सी । इजरेलको सशस्त्र फौजले सोमवार बिहानैबाट सिरियास्थित इरानी समूहलाई लक्षित हवाई आक्रमण जारी राखेको छ । 

इजरेलले विज्ञप्ति जारी गर्दै आफ्नो कारबाही इरानी क्रान्तिकारीका सुरक्षाका उच्च तहका क्रुद समूहविरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ । 

सिरियाले इजरेललाई आफ्नो सीमा र इरानी समूहमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । 

बेलायतस्थित सीरियन अब्जरभेटरी फर हयुमन राइट्सका अनुसार इजराली सशस्त्र फौजले सिरियाको राजधानी दमास्कस आसपासका क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेको छ ।

इजरेलको आक्रमण जारी रहेकोले त्यसबाट हुनसक्ने क्षतिलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?