प्रधानमन्त्री ओलीको कार्यभार रक्षामन्त्री पोखरेलले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सम्हाल्ने भएका छन् । 

आइतवार राष्ट्रपति विद्यादेवी मण्डारीले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सम्हाल्ने भएका हुन् । 

प्रधानमन्त्री ओली आइतवार साँझ विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डतर्फ प्रस्थान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?