कर्मचारी समायोजन फागुन ३ गतेभित्र सक्ने सरकारको तयारी

काठमाडौं । सरकारले फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने गरी गृहकार्य शुरु गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने गरी फाराम भरेका कर्मचारीको विवरण जाँच शुरु गरिएको हो । 

मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् । जसमा सरकारी सेवाका ७५ हजार ३ सय ६७ र अन्य सेवाका १ हजार ६ सय ६७ जना छन् ।

फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन शुरु गरिने बताउँदै प्रवक्ता सहसचिव अधिकारीले भने, ‘भरिएका फाराम र निजामती किताबखानाको विवरण भिडाएर जाँच गर्ने काम शुरु भएको छ, एक सातामा सबै विवरण जाँच सकिनेछ, त्यसलगत्तै समायोजनपत्र दिनेछौं ।’

उनले फाराम भरेका कर्मचारीको दरबन्दी भिडाउने, रुजु गर्ने, ज्येष्ठताको सूची बनाउने, नागरिकताको ठेगाना जाँच्नेलगायत काम भइरहेको जानकारी दिए । समायोजनका लागि संघ

मा ४६ हजार २ सय ७०, प्रदेशमा ५८ हजार ६ सय २३ र स्थानीय तहका लागि ३ लाख ४५ हजार २ सय २५ कर्मचारीले फाराम भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?