काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेटेकी छिन् ।
आज बिहान सांसद खाण टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।
गत वैशाख २७ गते प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।
सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् ।
केही दिन फरार रहेकी खाण अहिले सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन थालेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि संसद बैठकमा जान छाडेकी उनी गत जेठ ४ गतेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएकी थिइन् । भने त्यसयताका बैठकहरुमा उनी सहभागि भइरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया