काठमाडौं। अर्थ मन्त्रालयका कर्मचारीहरुले माथिल्लो निकायको स्वीकृति विना सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग भेट्न नपाउने भएको छ ।
अर्थ मन्त्रालयका कर्मचारीका लागि जारी गरिएको आचारसंहितामा कर्मचारीलाई माथिल्लो निकायको स्वीकृति विना कसैलाई पनि कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेट्न रोक लगाइएको हो ।
मन्त्रालयले आचार संहिता लागु गर्दै मातहतका कर्मचारीका लागि कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम नपाउने भएको हो । जारी गरिएको आचार संहितामा अर्थ मन्त्रालयका कर्मचारीले व्यक्तिगत लाभ मिल्ने गरि भेट रोक लगाइएको हो । उक्र आचार संहिता अर्थमन्त्री डा.युवराज खतिवडाले गत पुस ३० गते स्वीकृत गरेका थिए ।
त्यस्तै कार्यालय, होटल, रेस्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहार गर्न नहुने साथै विवाह, ब्रतबन्ध जस्ता सामाजिक काम गर्दा मितव्ययी एवं सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने पनि आचारसिंहतामा उल्लेख गरिएको छ ।
आचारसंहितामार्फत पदीय दायित्व निर्वाह गर्ने सिलसिलामा बाहेक माथिल्लो, समकक्षी वा मातहतका पदाधिकारीविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक टिप्पणी गर्न रोक लगाइएको समेत जनाएको छ ।
साथै कुनै पनि तथ्य वा तथ्यांक वा मुद्दालाई बंग्याई जानीबुझी गलत वा भ्रामक अर्थ दिने गरी ब्याख्या गर्न, प्रयोग गर्न वा व्यक्त गर्न नहुने पनि आचारसंहितामा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया