सक्छ भने दुई तिहाइको सरकारले बीपी कोइराला राजमार्गको नाम परिवर्तन गरोस्: गच्छदार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध पारेका छन् ।

सोमवार मध्यान्ह ११ बजेको लागि बोलाइएको राष्ट्रियसभा बैठक शुरु हुनसाथ कांग्रेस सांसदले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

आइतवारको राष्ट्रियसभा बैठकमा कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन चल्न नदिने बताएका थिए । 

राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक शुरु भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका थिए । 

कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताइन् । ‘‘वर्तमान सरकारले खोजेको के हो ? प्रतिपक्ष सडकमा जाओस्, निहुँ खोजोस् भन्ने चाहेको हो  ?’’उनले थप्दै भनिन् ।

त्यस्तै अर्का नेता सुरेन्द्रै प्रसाद पाण्डेले भने, स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो । तर, ९ वटा भयो २ वटाको बारेमा किन कुनै निर्णय भने ? 

उनले सरकारसाग प्रश्न गर्दै भने २ वटाको निर्णय निक भएन ? के कारण हो ? अब यि दुईवटा अस्पताल कहाँ रहन्छन् त ? 

त्यस्तै कांग्रेद संसदीय दलका उपनेता विजय गच्छदारले गिरिजा प्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पताल बारेको निर्णय नसच्याए संसद चल्न नदिने बताए । ‘दुई तिहाइको सरकारले सक्छ भने बीपी कोइराला राजमार्गको नाम परिवर्तन गरोस्, त्यसको नाम केपी ओली राखोस् ।’ सक्नुहुन्छ भने राख्नुस् गच्छदारले भने । 

उनले थप्दै भने दुई तिहाइ सरकारको हिम्मत छ नेपाली समयमा गएका माओवादी सेनालाई फिर्ता गरास् ।

त्यस्तै १३ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार विधेयक आउनु पर्यो । एउटा चिकित्सकको जीवनमाथि खेलवाड भएको गच्छदारको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?