काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको रिपो पुरै बिक्री हुन सकेको छैन् ।
अन्य बैंकहरुमा चलेकोभन्दा निक्कै कम ब्याजदर तिर्ने गरी बैंकहरुले आवेदन दिएपछि राष्ट्र बैंकले आइतवार ल्याएको रिपो पुरै बिक्री नभएको जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नीतिगत ब्याज दर ५ प्रतिशत तोकेको थियो ।
यो नीतिगत ब्याजदरभन्दा माथि हुने गरी रिपोका लागि आवेदन दिनु पर्नेमा अन्य बैंकहरुले ५ प्रतिशत भन्दा तल आवेदन दिएकाले राष्ट्र बैंकले बिक्री नगरेको बताइएको छ । राष्ट्र बैंकले पाँच अर्बको रिपो निष्कासन गरेको थियो ।
जसमा ५० करोड मात्र ब्रिकी भएको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंकहरुले ७ अर्ब रुपैयाँ नगद जाहिएको भन्दै आवेदन दिएका थिए । तर, ब्याजदर भने ५ प्रतिशतभन्दा कम राखेका थिए ।
यता रिपो मार्फत पैसा नपाएपछि अन्तर बैंक सापटीमा दवाव देखिएको छ। आइतवार निक्षेपका रुपमा प्रयोग गर्न सकिने अन्तर बैंक सापटीको दर साढे ६ प्रतिशत कायम भएको छ।
त्यस्तै राष्ट्र बैंकले मंगलवार पुनः साढे सात अर्बको रिपो निष्कासन गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया