अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत निर्माण काम सम्पन्न भएको छ। 

राष्ट्रिय गौरवको परियोजनाका रूपमा लिइएको अरुण तेस्रो आयोजनाको १५ प्रतिशत निमार्ण काम सम्पन्न भएको जनाएको हो । तुम्लिङटारमा रहेको तेस्रो जलविद्युत् कार्यालयले दिएको जानकारी अनुसार हाल मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । 

यो आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा भारतको सतलज कम्पनीलाई दिइएको छ ।

उक्त निर्माण कम्पनी प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्मा भने, ‘अहिलेसमम तीन सय ५२ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ, जलविद्युत् आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा थप सहज हुनेछ ।’ 

नौ सय मेगावाट क्षमताको यो परियोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?