राष्ट्रियसभा बैठक एक साताको लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक साताका लागि स्थगित भएको छ । 

सोमवार मध्यन्ह ११ बजेको लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । 

पुनः १२ बजे बसेको बैठकमा कांग्रेसले अवरोध जारी राखेपछि कार्यसूची हटाई माघ १४ गते सोमबार ११ बजेका लागि अर्को बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?