सन् २०१८ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलब ६ प्रतिशत, २८ वर्षपछि सबैभन्दा न्यून

एजेन्सी । सन् २०१८ मा चीनको आर्थिक वृद्धिद्धर न्यून रहेको बताएको छ । 

सन् २०१८ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलब ६ प्रतिशत मात्र रहेको छ । विगत २८ वर्षपछि चीनको यो सबैभन्दा न्यून वृद्धिदर हो । यसअघि सन् १९९० मा चीनको आर्थिक वृद्धिमा ह्रास आएको थियो ।

त्यस्तै सन् २०१७ मा चीनको आर्थिक वृद्धिदर ६ दशमबल ८ प्रतिशत रहेको थियो । नेशनल ब्यूरो अफ स्टाटिसटिक्स ‘एनबीएस’ले चीनको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै  विश्व आर्थिक वृद्धिमै मन्दी आउने अनुमान समेत गरेको छ ।

‘एनबीएस’का अनुसार चीनमाथि कर्जाको बोझ र अमेरिकाका साथ जारी व्यापार युद्ध चीनको आर्थिक वृद्धिदर कमजोर बन्नुको मुख्य कारण भएको जनाएको छ । 

गत वर्ष अमेरिकाका साथ चीनको व्यापार युद्ध अन्तर्राष्ट्रिय चर्चाको विषय समेत बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने करिब आधा सामानमा करोडौँ डलर बराबरको शुल्क लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?