वरिष्ठ कलाकार गणेश मुनालको निधन

काठमाडौं । वरिष्ठ कलाकार गणेश मुनालको आज निधन भएको छ । 

लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको सोमवार दिउँसो वीरअस्पतालमा निधन भएको हो । 

कलाकार मुनालको निधन भएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पुष्टी गरेकी छन् । 

अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । 

केही बेरमा नै अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

उनले ‘लभ लभ लभ’, ’एक पल’, ’शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायत चलचित्रमा अभिनय गरेका छन् भने साना पर्दाका चलचित्र र केही विज्ञापन चलचित्रमा समेत अभिनय गरेका मुनाल अभिनित फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?