गुडविल फाइनान्सले फागुनमा साधारण सभा गर्ने

काठमाडौं । गुडविल फाइनान्सले आगामी फागुन १० गते हुने २४ औँ वार्षिक साधारण सभामा डाकेको छ । 

उक्त फाइनान्सले लाभांश पारित गर्न फागुनमा वार्षिक साधारण सभा गर्न आह्वान गरेको हो । हात्तिसारस्थित गुडविल फाइनान्सलेबिहान ११ बजे साधारण सभाको बोलाएको जनाएको छ ।

गत पुष ११ गते बसेको ३ सय २४ औँ सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ दशमलब २ सय ६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ १६ पैसा लाभांश पारित गर्नेछ । 

उक्त फाइनान्सले साधारण सभा प्रयोजनको लागि माघ २७ गते देखि फागुन १० गतेसम्म बुकक्लोज गर्ने समेत जनाएको छ । जसअनुसार माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् । 

फाइनान्सको ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?