पाल्पाबाट पौडेलको प्रश्न : विपक्षी दलको नेताको अनुपस्थितिमा यस्तो गर्न मिल्छ ?

पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताएका छन् ।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गरेकोमा आपत्ती समेत जनाए । उनले विपक्षी दलको नेताको अनुपस्थितीमा बसेको बैठकले कसरी काम गर्न सक्छ भनि प्रश्न समेत गरे ।

पौडेलले जातिय धार्मिक तथा क्षेत्रियताको मुद्दा कांग्रेसले बोक्ने नसक्ने जिकीर गरे । 

सरकारले प्रमुख विपक्षी दलको नेताको उपस्थिती बिना बैठक गरेर आइतवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो ।

यसैबिच स्याङजाको गल्याङमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले चर्चामा रहेका वाइडवडि प्रकरण, एनसेल प्रकरण तथा बुढीगण्डकीको ठेक्का प्रकरणमा राजनीति संरक्षणमा भ्रष्टाचार भएको दोहोर्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?