निर्मला पन्तको घरमा पुगेर यसो भने कांग्रेस प्रवक्ताले, के हुन्छ अब ?

भीमदत्तनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको घर पुगेका छन् । 

सोमवार कञ्चनपुर भीनदत्तनगरपालिका २ स्थित निर्मलाको घरमा पुगेaका प्रवक्ता शर्माले न्यायका लागि कांग्रेसले साथ दिने बताए । 

उनले भने, कांग्रेसले सरकारलाई गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन दबाब दिँदै आएको छ । 

निर्मला बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न कांग्रेसले सदन र सडकबाट सशक्त आन्दोलन गरेको बताउँदै उनले भने, घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट पुनः अनुसन्धान शुरु गर्नपर्छ । 

भेटमा निर्मलाकी आमा दुर्गादेवीले प्रवक्ता शर्मालाई घटनाबारे सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिइन् ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनल शव ११ गते उखु बारीमा भेटिएको थियो । 

बलात्कारपछि हत्या भएको ६ महिना बित्दा पनि सरकारले आरोपी पत्ता लगाउन सकेको छैन भने पटक–पटक निर्मलाको न्यायको लागि सडकमा प्रदर्शन हुँदै आएको छ । 

त्यस्तै गत पुस २६ गते निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी थिइन् ।

हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?