कोर्ट म्यारिज गरे रवी लामिछानेले

काठमाडौं । टेलिभिजनकर्मी रवी लामिछानेले दोस्रो विवाह गरेका छन् । 

उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् । 

उनले परम्परागत रुपमा आफूहरुले  आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् ।  उनले बिवाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् ।

केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले पौडेलसँग विवाह गरेका हुन् । निकितापछि सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा गरेको थियो । 

काठमाडौं जिल्ला अदालतमा  सोमबार विहे दर्ता गराएपछि रवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छं ।

यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’

यसैगरी निकिताले वैशाखमा  भोज खुवाउने बताएकी छिन् । अहिले हतारमा भएकाले कानुनी रुपमा मात्रै बिहे गरेको उनले बताइन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?