काठमाडौँ । कोशी प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जसअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाइ जानकारी गराइसकेका छन् ।
बैठकले प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ ।
यस्तै स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया