काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मधेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने भएसँगै मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
मधेश प्रदेशमा कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुलाई आजै शपथ खुवाउने मुख्यमन्त्रकिो तयारी रहेको छ ।
नेकपा एकीकृत समाजवादीले कृषि मन्त्रालय पाएको छ । एकीकृत पार्टीबाट गोविन्द न्यौपानेले मन्त्रीमा शपथ लिने बताइएको छ । यस्तै, जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको छ । लोसपाले पनि एक मन्त्रालय पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया