मधेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
49
Shares

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।

भागबण्डामा असन्तुष्टि भएपछि माओवादी केन्द्रभने आजै सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?