क्योकुसिन कराँते टोली भारत प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय खुल्ला क्योकुसिन कराँते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आज ‘मंगलवार’ भारत प्रस्थान गरेका छन् । 

यहि जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ५० केजीमा दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुल्लामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५० केजीमा शान्ति थापा मगर तथा खुल्लामा मञ्जु विक सहभागी हुने छन् ।

प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवतीप्रसाद सापकोटा तथा व्यवस्थापकमा विनोद पराजुली र अशोकजंग दनुवार रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन ‘आईएफकेके’का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?