कमला ह्यारिसले गरिन् राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारीको घोषणा

एजेन्सी । अमेरिकी सिनेटर कमला ह्यारिस राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिने भएकी छिन् ।

आगामी वर्ष हुने डेमोक्रेटिक पार्टीतर्फबाट उनले उम्मेदवारी घोषणा गरेकी हुन् । 

अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

अमेरिकामा झन्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदै छ ।

त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?